कोरोनाको कहरमा बेखबर छन् नायक अनमोल !!

अहिले संसारभरका नागरिक कोरोना भाइरस (कोभिड–१९) को संत्रासमा छन् । कोरोना भाइरसको संक्रमण फैलिएका सबैजसो देशमा जोखिम कम गर्न लकडाउन गरिएको छ ।

लकडाउन भएका मुलुकका सेलिब्रेटीहरु आफ्ना शुभेच्छुकलाई संयमित हुन र आफ्नो स्वास्थ्यको ध्यान दिनका लागि विभिन्न माध्यमवाट जागरण गरिरहेका छन् । नेपालकै परिप्रेक्षमा हेर्ने हो भने अधिकांश सेलिब्रेटी र सेलिब्रेटी हुन लागेका ब्यक्तिहरुले कुनै न कुनै माध्यमको प्रयोग गरेर जागरण फैलाउने काम गरिरहेका छन् । तर यो बिषयमा नेपालका एक चर्चित अभिनेता भने सरकारले लकडाउनको समय तेस्रो पटक बढाउदा पनि मौन नै बसिरहेका छन् ।

लकडाउनको समयमा सर्वसाधारण झैं अभिनेता अनमोल केसी पनि घरमै बसिरहेका छन् । उनका फ्यानहरु उनी के गर्दैछन् भन्ने विषयमा जान्न इच्छुक रहेका छन् । तर उनले लकडाउनको समय कसरी काटिरहेका छन् भन्ने बिषयमा आफ्ना प्रसंशकलाई भेउ नै दिएका छैनन् । यो विषयमा अनमोल मौन भएपछि मिडियाले पनि उनको वारेमा जानकारी लिने प्रयास गरेपनि उनी संचार सम्पर्कमा आउन चाहेनन् । संसारभरका सेलिब्रेटीले आफ्ना फ्यान र शुभचिन्तलाई चिन्ता मुक्त गराउने प्रयास गरिरहदाँ अनमोल केसीले केही नगरेको देखेर उनका प्रशंसकलाई उल्टै उनको वारेमा चिन्ता पर्न थालेको छ ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo