कोरोना भाईरसका लागि होमियोपेथिक उपचार पद्धति उपयोगी

कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् । नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।

कोरोना भाइरसले आक्रमण गरेपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उनको दाबी छ । डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा आठ–दस खालका औषधि प्रयोगमा आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उनी बताउँछन् ।

होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्तिमा फरक फरक लक्षण हुने हुँदा यो पद्धतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्बम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकृति अनुसार पाँच/छ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियार बताउँछन् ।

चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले बिरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव भएको बताए ।
अहिले सर्वत्र वितरण भइरहेको औषधि रोग प्रतिरोधी क्षमता बढाउने औषधि भएको बताउँदै उनले आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको बताए ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo