आज २५६४ औं वुद्ध जयन्ती मनाईदै, साँझ दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाईदै छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा गौतम वुद्धलाई लिने गरिन्छ । सिद्धार्थ गौतमले राज्य र दरवार त्यागेर विश्व शान्ति स्थापनाका लागि हिँडेर ज्ञान प्राप्त गरेको र विश्व शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उनलाई वुद्ध रुपमा चिन्ने गरिन्छ भने आजको दिनलाई वुद्ध जयन्ती रुवमा मनाइँदै आईएको छ । गौतम बुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
साथै आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्न पनि सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देभभरमा सबैले घर घरमा शान्ति दिप प्रज्वलन गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo