आरडीटि होइन पिपिआर प्रबिधिबाट मात्र परिक्षण गराऊँ: राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमण यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ ।

आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेका देखिएको भन्दै कारोना संक्रमणको यकिन गर्न पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो । आयोगकले लकडाउनका बाबजुदपनि कोरोना संक्रमित थपिएको भन्दै थप सतर्कता अपनाउन आग्रह गेको छ ।

आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दुरीको पालना नभएको देखिएको र त्यसबाट संक्रमणको जोखिम झन् बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo